नबिल बैंकको दशैं उपहार, खुशीको बहार (भिडियोसहित)

काठमाडौं – नबिल बैंकले कोरोना महामारीबाट जुध्ने उपायसहितको भिडियो तयार पारेर सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाँड विजया दशमीको उपलक्ष्य र कोरोना महामारीबाट आक्रान्त समाजलाई शुसुचित गर्नका लागि बैंकले भिडियो तयार पारेर सार्वजनिक गरेको हो ।

नेपाली समाजले कोरोना पोजेटिभ देखिएकाहरुलाई छिछि र दुरदुर गरिरहेको परिपेक्षमा कोरोना पोजेटिभ देखिदैमा केही नहुने सन्देश बैंकले दिन खोजेको छ । केही समयको एकान्तबास पछि कोरोनालाई परास्त गर्न सकिने र फेरी परिवारमा खुशीयाली छाउने भिडियोको स्पष्ट सन्देश छ ।

भिडियोले संयमितता अपनाउँदै केही समय होम आइसोलेशनमा बसेर स्वास्थ्य सावधानी अपनाउँदा कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिएको छ । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बुवाका कारण दशैं खल्लो हुने आकलन गरेर निरास भएकि छोरीलाई नबिल बैंकको मोवाइल बैंकिङबाट लुगा खरिद गरेर छोरीलाई दिएको खुशीयालीले धेरैलाई भाबुक बनाएको छ ।

घरमै बसेर मोवाइल बैंकिङको प्रयोग गर्दै सामान खरिद गर्न र दशैंको दक्षिणा पनि मोवाइलबाटै दिन सकिनेसहितको सन्देश पनि भिडियोमा देख्न सकिन्छ । बैंकले कोरोना पोजेटिभ देखिदैमा निरास हुन नपर्ने भन्दै समाजलाई सचेत गराउन यो भिडियो तयार पारेको जनाएको छ ।