फेरी बढ्यो सुनको मूल्य

काठमाडौ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन विहिबार छापावाला सुन प्रतितोलाको ९४ हजार ५ सय रुपैया र तेजावी सुन प्रतितोला ९४ हजार रुपैँयामा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।