विष्णु पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ता उत्साहित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन । प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्दै पौडेललाई अर्थ मन्त्री बनाएका हुन । उनलाई बुधबार राष्ट्रिपति विद्यादेवी भण्डारीले मन्त्रीमा नियुक्तसमेत गरिसकेकी छन ।
पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ता उत्साहित भएका छन । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाबाट दिक्क भएका लगानीकर्तालाई विष्णु पौडेलको नियुक्तीले ठूलो राहात मिलेको छ । पूर्वमन्त्री खतिवडाको बहिरगम लगत्तै बजारमा हरियाली छाएको थियो ।
फेरी अर्थ मन्त्रालयमा मन्त्री आएपछि बजारमा उत्साह छाउने सेयर बजारका जानकारहरुको भनाई छ । बिहिबारदेखि नै बजारमा सुधार देखिने सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ । अब बजार बढ्ने भएपछि कुन कुन कम्पनीको सेयर किन्दा फाइदा होला ? अहिले धेरैको जिज्ञासा छ ।
१) राष्ट्रिय बीमा कम्पनी लिमिटेड (RBCL)
बजारमा सबैभन्दा राम्रो सेयर भनेकै राष्ट्रिय बीमा कम्पनी लिमिटेड (RBCL)को सेयर हो । सरकारी स्वामित्वको कम्पनी भएकाले यो सेयर सुरक्षित पनि छ । केही महिला होल्ड गर्न सक्ने लगानीकर्ताले यो कम्पनीको सेयर खरिद गर्दा राम्रो लाभ मिल्ने छ ।
कम्पनीले लामो समयदेखि साधारण सभा गर्न सकेको छैन । त्यही साधारण सभा गर्न नसकेकाले बीमा समितिले तोकेको चुक्ता पुँजीसमेत पुर्याएको छैन् । बोनस दिएर चुक्ता पुजी पुर्याउनसक्ने हैसियतमा कम्पनी भएकाले यसमा लगानीकर्ताको आक्रषण छ ।
बीमा समितिले कम्पनीले छिटो भन्दा छिटो साधारण सभा गरेर चुत्ता पुँजी पुर्याउन निर्देशन दिइसकेको छ । समतिले यसअघि घोषणा गरेको १२० प्रतिशत बोनश वितरण गर्नसमेत रोक लगाएकाले नयाँ लागनीकर्तामा उत्साह थपिएको छ । उक्त बोनस फिर्ता गरेर लगानीकर्तालाई एकमुष्ठ दिने निर्देशन दिएपछि लगानीकर्तामा झन उत्साह थपिएको छ ।
अर्थ मन्त्रालयमा विष्णु पौडेलको इन्ट्री भएपछि झन छिटो साधारण सभा हुने कम्पनीले विश्वास लिएको छ । कम्पनीको आन्तरिक लेखापरिक्षण सकिसकेको छ भने सरकारको तर्फबाट महालेखापरिक्षकको कार्यलयले लेखा परिक्षण गरिरहेको छ । महालेखाले छिट्टै प्रतिवेदन दिने बचन दिएको छ ।
महालेखाको प्रतिवेदन आएको केही महिनामा साधारसभा गरेर २८० प्रतिशतसम्म बोनस दिएर चुक्ता पुँजी पुर्याउने तयारी कम्पनीको छ । २८० प्रतिशत बोनस खानका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको जति सक्दो धेरै सेयर उठाउँदा राम्रो हुन्छ । कम्पनीले बोनस घोषणा गरिसकेपछि किन्छु भन्दा सेयर नपाउने खतरा हुने भएकाले सेयर खरिद गरेर आफ्नो बोनस सुरक्षित गर्दा राम्रो हुन्छ ।
३) आरएमडीसी लघुवित्त (RMDC)
सेयर किनेर घाटा नजाने अर्को कम्पनी हो आरएमडीसी लघुवित्त । यस कम्पनीले लाभांश घोषणा गरिसकेको छ । आर्थिक बर्ष २०७६÷७७ को आम्दानीबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रपतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले छिट्टै बुक क्लोज गरेर साधारण सभा गर्ने बताइसकेको छ । बिहिबार यो कम्पनीको पनि सेयर उकालो लाग्ने विश्लेषण गरिएको छ । बजार बढ्न भन्दा पहिला नै यो कम्पनीको सेयर उठाउँदा लगानीकर्ता मालामाल हुने छन ।
३) सानिमा बैंक (SANIMA)
अरु कम्पनीको सेयर घटिरहेका बेला बुधबार बढेको सानिमा बैंक लिमिटेडको सेयर किन्दा पनि फाइदा छ । बैंकले १३.६० प्रतिशत लाभांश घोषणा गरेकाले बजारमा उछाल आउने सेयर बजारका जानकारहरुको भनाई छ ।
बैंकले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेकाले बुधबारको बजार बढेको हो । बिहिबार पनि बैंकको सेयर उकालो लाग्ने । यसरी सेयर बढ्ने क्रम बुक्लोज नहुनजेलसम्म हुने भएकाले लगानीकर्तालाई फाइदा हुनेछ । असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, अरु थोरै मूल्य भएका कम्पनीहरु, हाइड्रो, बैंकिङ र बीमाका सेयरहरु खरिद गर्दा बजार बढ्न लागेको समयमा लाभ लिन सकिने छ ।