जनरल इन्सुरेन्सको खुल्यो सेयर कारोबार

काठमाडौं – जनरल इन्सुेन्सको कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेमा बुधबार यस कम्पनीको पहिलो कारोबार ३०५ रुपैयाँमा खुलेको हो । मंगलबारबाट कारोबार हुने भनिए पनि स्पेसल प्री–ओपनिङ सेसनमा कारोबार नहुँदा रोकिएको थियो ।

यस कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । जस अनुसार उच्चतम रेन्जबाट कारोबार सुरु भएको हो । जनरल इन्सुरेन्सको जीआइसी संकेतमा कारोबार खुला भएको छ । जनरलको गत सोमबार १ करोड कित्ता सेयर सूचीकरण भइसकेको छ ।