फेरी घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा बुधबार पनि सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
यसैगरि, आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चांदी प्रतितोला १ हजार २ सय २५ रुपैँयामा कारोबार भएको थियो