घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन चांदीको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५ सय रुपैँयाले घटेको छ ।
मंगलबार छापाावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैँया र तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैँयामा खरिद विकी्र भएको थियो ।

त्यस्तै मंगलबार चांदी तोलमा २० रुपैँयाले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय ४५ रुपैयामा खरिद विकी्र भएको थियो ।