सानिमाको आईपीओमा कतिले दिए आवेदन, पर्ने सम्भावना कति ?

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर ९आइपीओ०मा झण्डै ९ लाखले आवेदन दिएका छन । आईपीओमा आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्म ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएको विक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदकबाट १ अर्ब ८९ करोड ७५ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ८९ लाख ७५ हजार ६० कित्ताको लागि आवेदन दिएका छन । ।अन्तिम तथ्यांक आउन बाँकी भएकाले थोरै तलमाथि हुन सक्ने पनि क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
त्यसैगरी, न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकी करिब साढे ६ लाख भन्दा धेरैको हात खाली हुनेछ ।