फेरी बढ्यो सुनको मूल्य

काठमाडौ –नेपाली बजारमा आइतबार सुनचांदीको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ८ सय रुपैँयाले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैँया र तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैया र तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैँयामा खरिद विकी्र भएको थियो ।

त्यस्तै आइतबार चांदी प्रतितोला १ हजार २ सय ३५ रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार १ सय ९५ रुपैँयामा खरिद विकी्र भएको थियो ।