तेश्रो दिन, सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौँ – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ)मा झण्डै ६ गुणा आवेदन परेको छ । निष्कासन गरेको तेश्रो दिनसम्म ७ लाख ४४ हजार ४ सय ९१ जनाले आवेदन दिएका छन ।

तेश्रो दिन बेलुका ५ बजेसम्ममा ७ लाख ४४ हजार ४ सय ९१ जना आवेदकले १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका सीडीएसले जानकारी दिएको छ । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको मध्य ५.९४ गुणा धेरै आवेदन हो ।

कम्पनीले आज (असोज २ गते, बुधबार) देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।