बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९ सय रुपैँयाले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैँयामा खरिद विक्री भएको थियो ।
त्यस्तै शुक्रबार चांदी ५ रुपैँयाले बढेर प्रतितोला १ हजार १ सय ९५ रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी तोलाको १ हजार १ सय ८० रुपैँयामा खरिद विक्री भएको थियो ।