सानिमाको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौँ – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ)मा लगानीकर्ताको ओइरो लागेको छ ।
दोश्रो दिन बेलुका ५ बजेसम्ममा ५ लाख ६१ हजार ७ सय भन्दा बढिले १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ७० हजार ९ सय कित्ताको लागि आवेदन दिएका छन । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो मागको ४.५६ गुणा धेरै हो ।
कम्पनीले आज (असोज २१ गते, बुधबार) देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।