फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंका अनुसार आज सुन तोलामा २ सय रुपैँयाले घटेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार १ सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैँयामा खरिद विक्री भएको थियो ।
त्यस्तै बिहीबार चांदी तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १ हजार १ सय ८० रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांंदी तोलामा १ हजार १ सय ७५ रुपैँयामा कारोबार भएको थियो ।