प्रभु बैंकको डेपुटी सिईओमा पोखरेल

काठमाडौं – प्रभु बैंक लिमिटेडको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मणिराम पोखरेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले साउन १ देखि लागु हुनेगरि पोखरेललाई डेपुटी सीइओमा नियुक्त गरेको हो ।
पोखरेल सन् २०१३ देखि प्रभु बैंकमा छन् । पोखरेलसँग ३० वर्षको बैंकिङ अनुभव छ । सन् १९९० बाट नबिल बैंकबाट करियर सुरु गरेका उनले नेपाल एसबिआई बैंक, एनसीसी बैंक, स्ट्याण्डर्ड फाइनान्स, हिमचुली विकास बैंक, एचबि डेभलपमेन्ट बैंकमा उच्च तहमा रहेर काम गरेका छन् ।
प्रभुमा सम्वृद्धि विकास बैंक गाभिंदा उनी प्रभु बैंक प्रवेश गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ्गमा स्नाकोत्तर गरेका छन्।