जाने होइन त अमेरिका ? खुल्यो डिभी चिट्ठा, यसरी भर्नुहोस् आवेदन

काठमाडौं – अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठा २०२२ को आवेदन फाराम खुलेको छ । नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेदेखि डिभीको फाराम खुलेको हो ।
आउँदो कात्तिक २० गते राति १०ः४५ बजेभित्र फाराम भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यस पटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२२ मा अमेरिका जान पाउने छन् ।
फाराम भर्नका लागि आधिकारीक वेबसाइट https:dvprogram.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ । डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ ।