सिटीजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै

काठमाडौँ – सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।
कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच सम्झौता भइसकेको छ ।
उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । साधारण शेयर (आइपिओ) निष्कासन गरेपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डले अनुमति दिने वित्तिकै आइपीओ जारी गर्ने जनाएको छ ।