घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बुधबार सुनचांदीको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८ सय रुपैँयाले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैँया र तेजावी सुुन प्रतितोला ९४ हजार ४ सय रुपैँयामा खरिद विक्री भएको थियो ।
त्यस्तै बुधबार चांदी पनि तोलामा २५ रुपैँयाले घटेर १ हजार १ सय ७५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन चांदी प्रतितोला १ हजार २०० रुपैँयामा कारोबार भएको थियो ।