शेयर बजारमा ४.१७ अंकको सुधार, चार कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं – शेयर बजारमा ४.१७ अंकको सुधार भएको छ। मंगलबार नेप्से सूचक ०.२६ प्रतिशतले सुधार भएर १५८६.२९ अंकमा रोकिएको छ। दोस्रो बजारमा तीव्र उतारचढावका बीचमा २ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ। ६ वटा सूचकमा सुधार देखिएको छ भने ६ वटै सूचकमा गिरावट आएको छ।
अधिकतम बढ्ने क्रममा ४ वटा कम्पनीमा सर्किट लागेको छ। नेशनल हाइड्रो, नेपाल फाइनान्स, ङादी ग्रुप र माउन्टेन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले सुधार भएको छ। पछिल्ला दिनमा सस्ता मूल्यमा जलविद्युत कम्पनीको शेयर उठाउने ट्रेण्ड बढेको छ। मंगलबार जलविद्युतको सूचक ६६ अंकले बढेको छ।