बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचांदीको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ८ सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले बृद्धि भएको छ ।

मंगलबार छापावाल सुन ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चांदी २० रुपैयाँले बढेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।