डिसहोमले आइपिओ जारी गर्दै

काठमाडौं – डिसहोमले प्राथमिक शेयर (आईपिओ) जारी गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता शेयर आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ ।

डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपिओ जारी गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेर धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले यही असार ३० गते बोर्डमा आवेदन दर्ता गराएको हो । यसका लागि केही समय लाग्ने बताइएको छ । पछिल्लो समय शेयर बजारमा उतारचढाव देखिएको छ ।