१५८७.११ विन्दुमा नेप्से, कारोबार रकम १ अर्ब ६१ करोडभन्दा बढी

काठमाडौं –सोमवार तेस्रो घण्टामा नेप्से परिसूचक १ हजार ५८७ दशमलव ११ विन्दुमा पुगेको छ ।

उक्त अवधिमा परिसूचक १ दशमलव ३६ अंक बढेको हो । तेस्रो घण्टामा १८९ ओटा कम्पनीको रू। १ अर्ब ६१ करोड ५९ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ ।

यो रकम बराबरको ६० लाख ८१ हजार २१० कित्ता शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्म पनि नेपाल पुनर्बीमा कम्पनीकै सर्वाधिक रकमको कारोबार भएको छ । यो अवधिसम्म उक्त कम्पनीको रू। ११ करोड ९९ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

सोमवार जलविद्युत् समुहको परिसूचक तेस्रो घण्टासम्म सर्वाधिक २ दशमलव ५ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समुहको सर्वाधिक १ दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

यस दिन यो अवधिसम्म रैराङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक ४ दशमलव १३ प्रतिशतले घटेको छ ।