घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सय रुपैँयाले घटेको छ ।

छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चादिको भाउ तोलामा १ हजार १ सय ८० रुपैया कायम रहेको छ । अघिल्लो दिन चांदि सोही मूल्यमा खरिद बिक्री भएको थियो ।