बीमा समिति १ हप्ताका लागि बन्द

काठमाडौं – बीमा समिति एक हप्ताका लागि सिल गरिएको छ । आधा दर्जन कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बीमा समिति ७ दिनका लागि बन्द हुने भएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गरे। उनले भने, “पीसीआर परीक्षण गर्दा ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ।”
आधा दर्जन कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बीमा समिति एक साताको लागि सिल भएको छ। निर्देशक पौडेलले कार्यालयमा बोलाउँदा कर्मचारीबीच दूरी कायम नहुने र सबैबीच सम्पर्क हुने भएकाले सिल गरिएको बताए।
उनले भने, “सबै कर्मचारीको क्याबिन नजिक नजिक छ। त्यसैले सबैलाई कार्यालयमा बोलाउँदा अन्य पनि संक्रमित हुने सम्भावना हुन्छ।” कार्यालय नआए पनि अत्यावश्यक काम घरबाटै गर्ने प्रबन्ध मिलाइएको छ।