बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौ – नेपाली बजारमा आइतबार सुनचांदीको भाउ बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाले बढेको छ ।

छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भइहेको छ ।