आगामी साता सेयर बजार १६४० बिन्दुमा पुग्ने प्राविधिक विश्लेषण

काठमाडौं – आगामी साता सेयर बजार १६४० विन्दुसम्ममा विश्लेषण गरिएको छ । पुर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदुतमा सिफारिस भएपछि बजार उच्च बिन्दुमा पुग्ने विश्लेषण गरिएको हो ।

खतिवडाले राजीनामा दिएको केही दिनमा बजार १६०१ विन्दुमा पुगेर झरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई सरकारको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेपछि बजार घटेर १५४९ मा झरेको थियो ।

तर बिहीबार एकाएक शेयर बजारमा २० अंकको उछाल आउदा १५७१ अंकमा रोकिएको छ । अल्पकालीन बियरिस ट्रेण्ड पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस भएसँगै अन्त्य भएको हो।

प्राविधिक विश्लेषकहरुका अनुसार यो बुल तत्काल अधिकतम १६२८ अंकसम्म पुग्न सक्ने छ। आगामी साता शेयर बजार न्युनतम १४९० देखि अधिकतम १६४० अंकसम्म रहने विश्लेषण गरिएको छ। पछिल्लो समय दोस्रो बजारमा प्राविधिक विश्लेषणले बढी प्रभाव पार्ने गरेको छ।

केही समयदेखि बुलिस ट्रेण्डमा अगाडि बढेको बजारमा एक महिनाकै अवधिमा २० प्रतिशतले लगानीकर्ता थपिएका छन्। प्राथमिक बजारमा पनि लगानीकर्ता बढिरहेका छन्। दोस्रो बजारमा एक महिनाकै अवधिमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता ३५ प्रतिशत पुगेका छन्।