फेरी घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ सय रुपैँयाले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजावी सुन प्रतितोला ९४ हजार रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै शक्रबार चांदी प्रतितोला १ हजार १ सय ७५ रुपैँयामा खरीद विक्री भइरहेको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन चांदी सोही मूल्यमा खरीद विक्री भएको थियो ।