कोरोना संक्रमणबाट पहिलो पटक डाक्टरको मृत्यु

नेपालगन्ज – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पहिलो पटक विशेषज्ञ डाक्टरको मृत्यु भएको छ । भेरी अस्पताल नेपालञ्जमा दरबन्दी भएको हार्ड जोर्नी विशेषज्ञ डाक्टरको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको हो ।

भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।