४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं – नेप्सेमा ४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । रुण भ्याली हाइड्रोपावर, किसान माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, चौतारी लघुवित्तका १० लाख ३३ हजार ५ सय ८१.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अरुण भ्याली हाइड्रोपावर ७ प्रतिशत बोनस शेयर ६ लाख ५३ हजार १०९ कित्ता र किसान माइक्रोफाइनान्सको २३.९५ प्रतिशत बोनस शेयर २ लाख ५ हजार ९ सय ९२.७५ सूचीकृत भएका छन ।
यस्तै, आरम्भ माइक्रोफाइनान्स ४४ हजार २८० कित्ता (७.३८ प्रतिशत) र चौतारी लघुवित्तको १ लाख ३० हजार २०० (७ प्रतिशत) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । यी ४ कम्पनीले आर्थिक २०७५÷७६ को नाफाबाट बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।