बिहीबार किन बढ्यो सेयर बजार ? यस्तो छ भित्री कारण

काठमाडौं – सेयर बजारमा बिहीबार उत्साह देखिएको छ । साताको अन्तिम दिन आज बजार २०.६१ अंकले बढेको छ ।

आज बजार १५७१.०४ विन्दुमा रोकियो । पूर्वअर्थमन्त्री डा।युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजारमा चहलपहल बढेको सेयर बजारका जानकारहरुको भनाई छ । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाएपछि लगानीकर्ताको आक्रषण देखिएको थिएन ।

छाया अर्थमन्त्रीको रुपमा काम गर्न थालेका खतिवडालाई सरकारले अमेरिकाका लागि नेपाली राजदुतामा सिफारिस गरेपछि बजार बढेको हो । पर्दा पछाडीकै अर्थमन्त्रीबाट शसंकित बनेको सेयर बजारमा आज राजदुत सिफारिसको खबरले उत्साह देखिएको हो ।

आज २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । जलविद्युत समुह २४.७६ अंकले घटेको छ भने म्युचुअल फण्ड ०.०१ अंकले घटको छ ।

आजको कारोबारमा १ सय ९३ कम्पनी सामेल भए । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ३३२.४१ अंकले बढेको छ भने जीवन बिमाको १५७.३३ अंकले बढेको छ । विकास बैंक समूह ६५.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूहतर्फ ४९.७९ अंक बढेको छ । ट्रेडिङ तर्फ १९.५३, बैंकिङतर्फ १८.८६, होटल ८.०८, फाइनान्स ५.७९, माइक्रोफाइनान्स २०.८१, अन्य समुह २.९७ अंकले बढेको छ ।

सबैभन्दा बढी कमाउने उत्कृट २ मा विकास बैंक नै रहेको छ । आज सबैभन्दा बढी कमाउने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । त्यसपछि कामना सेवा विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर लगायतले सबैभन्दा धेरै कमाएका छन् ।