पहिलो घण्टामा १३.२९ अंकले बढ्यो नेप्से

काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक १३ दशमलव २९ अंकले बढेर १ हजार ५६३ दशमलव ७२ विन्दुमा पुगेको छ ।

१ हजार ५५३ दशमलव ९६ विन्दुबाट शुरु भएको बजार कारोबार शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८६ प्रतिशत बढेको छ ।

कारोबारको पहिलो घण्टामा ११ समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ ।

पहिलो घण्टाको अवधिमा १७१ ओटा कम्पनीको १० हजार ३३६ पटकको कारोबारमा २१ लाख ३ हजार ९०९ कित्ता शेयरको रू। ५१ करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ५ करोड ९० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। २७५ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयरमूल्य बढ्ने दोस्रो कम्पनीमा कर्पोरेट डेभलपमेण्ट बैंक रहेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९ दशमलव ५८ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू १८३ पुगेको छ ।