घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

 

काठमाडौं – नेपाली बजरमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार बिहीवार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ बढेर प्रतितोला एक हजार १९० रुपैयाँ पुगेको थियो।