फेरी बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीकोको मूल्य वृद्धि भएको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो तोलामा ९०० रुपैयाँले उकालो लागेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।