नाडेपको शेयर मूल्य समायोजन

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा मूल्य समायोजन गरेको छ ।
संस्थाको १० प्रतिशत बोनस शेयरदिने भएपछि नेप्सेले प्रतिकित्ता ६ सय ७६ रूपैयाँ ३६ पैसामा मूल्य समायोजन गरेको हो । नाडेपले साधारण सभाका लागि (भोली) बुधबारबाट बुक क्लोज गरेको छ ।
कम्पनीले घोषणा गरेको शेयर बाँढफाँड गर्न र केही विशेष प्रस्ताव पारित गर्नका लागि यही असोज २८ गते पाँचौ वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको साधारसभा रानीबन पार्टी एण्ड रेष्टुराँ, काठमाडौँमा बिहान ११ बजे बोलाईएको छ ।