जनरल इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौँ – जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा लगानीकर्ताको ओइरो लागेको छ । साधारण शेयर (आइपिओ) निष्कासन भएको तेश्रो दिनसम्म ७.०१ गुणा बढिको आवेदन परेको छ ।

तेश्रो दिन बेलुका ५बजेसम्म ६ लाख ८१ हजार ३ सय ७३ जना आवेदकबाट १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी दिएको छ । यो माग भन्दा ७.०१ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।