बजारमा ‘लोकल’ भन्दै रङ् लगाएका ब्रोइलर कुखुरा विक्रि

काठमाडौं – ब्रोइलर कुखुरालाई रङ लगाएर लोकल हो भनी बेच्ने चार जना पक्राउ परेका छन । काठमाडौंको कलंकीमा चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिक रहेको महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएको छ ।
सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो।
तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताए।
‘ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरेका हौँ’ बोहोराले भने ‘अनुसन्धान जारी छ, दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ।
उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै आइरहेका थिए।