बिचरा कान्तिपुर, कर्मचारीलाई तलब खुवाउन दुई रुपैयाँ माग्दै हिड्न पर्यो !

काठमाडौं – कोरोनाको बहाना बनाई पत्रकारहरुलाई बिना पारिश्रमिक सेवाबाट निकालेको, बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै पत्रकारहरुले कान्तिपुर पव्लिकेशनलाई आर्थिक सहयोग गरेका छन । पहिलो चरणमा घोषित आन्दोलन अनुसार तेश्रो दिन (आइतबार) पत्रकारहरुले आर्थिक शंकट झेलेको बहाना बनाउने कान्तिपुरलाई अपमानित हुने गरी सडकमा उत्रिएर आर्थिक सहयोग संकलन गरी बुझाएका हुन ।

कान्तिपुर मिडिया ग्रुपलाई दवाव दिन पत्रकारहरुले बानेश्वरदेखि थापाथलीसम्मका बिभिन्न पसलहरुबाट रु २ रुपैंया उठाएर कान्तिपुर पव्लिकेशनका प्रशासकीय प्रमुख शुसिल रावललाई हस्तान्तरण गरेका छन ।

२७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्नुपर्ने माग गर्दै विभिन्न संगठनहरुले तबाव स्वरुप पैसा उठाएर ब्वस्थापनलाई बुझाएको नेपाल पत्रकार। महासंघको केन्द्रीय सदस्य जन्मदेब जैशीले बताए ।

कान्तिपुरले कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै त्यहाँ कार्यरत मजदुर संगठनसहित अन्य विभिन्न संघ संगठनहरुले पर्दशन गरेका थिए ।