काठमाडौंमा आजसम्मकै धेरै कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय ३४ जनामा संक्रमित भेटिएका छन ।
आज देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।