फेरी बढ्यो सुनको मूल्य

काठमाडौं – नेपली बजारमा आज सुन चाँदीको भाउ बढेको छ ।नेपाल सुन चांदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ बढेको छ ।
छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन ।
यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ ।चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।