नेको इन्स्योरेन्सको १० लाख ७० हजार कित्ता शेयर लिलाममा

काठमाडौं – नेको इन्स्योरेन्सले १० लाख ७० हजार २०६.८४ कित्ता शेयर लिलाममा बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयर निष्काशन गर्न लागेको हो ।

उक्त शेयर अहिले कायम संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आबेदन दिन सक्नेछन । शेयरको आवेदन असोज २० गतेदेखि खुल्ने छ ।

सो शेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कात्तिक ४ गतेभित्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।