दोस्रो घण्टामा १.४० अंकले घट्यो नेप्से

काठमाडौं –सोमवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक १ दशमलव ४० अंकले घटेर १ हजार ५६४ दशमलव १५ विन्दुमा पुगेको छ ।

१ हजार ५६६ दशमलव ४४ विन्दुबाट शुरु भएको बजार कारोबारको १८ मिनेटमा बढेर १ हजार ५६९ दशमलव ३१ विन्दुसम्म पुगेको थियो सो पछि ओरालो लागेको बजार कारोबारको दोस्रो घण्टामा शून्य दशमलव १० प्रतिशत घटेको हो ।

दोस्रो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको १५ हजार ६५१ पटकको कारोबारमा ३३ लाख ६१ हजार ८५२ कित्ता शेयरको रू। ७७ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बैंकिङ, व्यापार, होटल्स, जलविद्युत, लघुवित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

कारोबारको दोस्रो घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ९ दशमलव ६३ प्रतिशत बढेर प्रतिकित्ता रू। २३९ कायम भएको छ ।

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १९६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा युनाइटेड फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू २५३ मा रू ३ करोड ३० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।