६ कम्पनीको २ करोड ४० लाख कित्ता आईपीओ आउँदै

काठमाडौं – ६ कम्पनीको दुई करोड ४० लाख भन्दा बढि कित्ता आईपीओ आउने भएको छ । विभिन्न ६ ओटा हाइड्रोपावरको २ करोड ४० लाख ४८ हजार ८ सय १० कित्ता आईपीओ आउन लागेको हो ।

सेयर निष्काशन गर्ने लाइन रहेका हाइड्रोपावर मध्य सबैभन्दा धेरै मध्य भोटेकोशीको आईपीओ आउँदै छ । मध्य भोटेकोशीले १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता आईपीओ निष्काशन गर्ने छ ।

त्यस्तै, सिईडिबी हाईड्रोपावरको २५ लाख १८ हजार २ सय ३० कित्ता, विन्ध्यवासिनी हाईड्रोपावरको २५ लाख कित्ता, हिमालयन हाईड्रोपावरकोे २२ लाख ५० हजार कित्ता निष्काशनको आन्तिम तयारीमा छन ।

यता शुभम् पावर ५ लाख ८० हजार ५ सय ८० कित्ता आईपीओ आउँदै छ । सबै कम्पनीको आईपीओ दशैं अघिनै आउने बताइएको छ ।