आज पनि घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आइतवार घटेको छ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आइतवार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवारको तुलनामा सुनको मूल्य तोलामा ६०० ले घटेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३०० र तेजाबी सुनको मूल्य ९२ हजार ८०० मा कारोबार भइरहेको छ ।
आइतवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आइतवार प्रतितोला रू।१ ह्जार १५० मा कारोबार भइरहेको छ ।