होटलका कर्मचारीहरुले माघसम्मको तलब पाउने

काठमाडौं – होटलका कर्मचारीहरुले आगामी माघसम्म तलब पाउने भएका छन । उनीहरुले ४ हजारदेखि १० हजार रुपैयाँसम्म तलब पाउने गरि सहमती भएको छ ।

होटल व्यवसायी सँघ (हान) र ट्रेड यूनियनबीच यस्तो सहमती अनुसार मजदुरहरुमा मागहरु सम्बोधन भएका हुन । बन्दाबन्दीले होटल व्यवसायमा गहिरो प्रभाव परी पूर्ण रूपमा बन्द रहेको कारणले आम्दानी शून्य हुन गई आर्थिक रूपमा ऋणात्मक हुन गएको अवस्था आएको हुनाले कर्मचारीलाई सामान्य सेवा सुविधा दिएको हामले जनाएको छ ।

यस्तो अवस्थामा सदस्य होटलहरुलाई राज्यबाट सामाजिक सुरक्षा कोषको रकम उपलब्ध गराइनु सराहनीय भएको भन्दै पर्याटन उद्योगलाई बचाई राख्न वा टिकाई राख्न पर्यटन मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायमा राखिएको हाम्रो सुझावलाई चासोका साथ पहल कदमी गरेका धेरै प्रयासहरु सकारात्मक रहेको हानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै हालै नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्याहरु सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास होटल संघ नेपालले लिएको छ।