बैंकको कालो सूचीमा परेका र अवैधलाई कोकेर कहाँसम्म पुग्लान चन्द्र ढकाल ? के होला चुनावी परिणाम ?

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । देशभर शाखा संजाल भएको महासंघलाई समानान्तर सरकारको रुपमा पनि हेर्ने गरिएकाले यसमा सबैको चासो पनि छ ।
महासंघको चुनावमा दुई जना प्रतिस्पर्धी प्यानलै बनाएर विजयीको रेसमा डौडिरहेका छन । कोरोना संक्रमणका कारण दुई चोटीसम्म स्थगित भएको महांघको ५४ औं बार्षिक साधारण सभा मंसिरमा हुने पक्का भएको छ । त्यही साधारण सभामा आगामी नेतृत्वको लागि निर्वाचन समेत हुनेछ ।
दुई पटक मिति तय गरेर पनि स्थगित भएको महासंघको बार्षिक साधारण सभा आगामी मंसिर ११ र १२ गतेका हुने भएको छ । मंसिर ११ र १२ गते साधारण सभा गर्ने महासंघको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि ५४ बार्षिक साधारण सभा र नयाँ कार्यसमितिका लागि निर्वाचन हुने पक्का भएको हो । चुनावी प्रतिस्पर्धामा चन्द्र ढकाल र किशोर प्रधानबीच कडा प्रतिस्पर्धा हुने छ ।
महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतह अध्यक्ष हुन प्रावधान रहेकाले दुबै जना अहिले बरिष्ठ उपाध्यक्षको लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । किशोर प्रधान बैधानिक रुपमा नाम चलेका व्यवसायीहरु, प्रभावशाली पूर्वअध्यक्ष, अध्यक्ष र बरिष्ठ उपाध्यक्षको साथ पाएर चुनावी मैलदानमा उत्रिएका छन भने चन्द्र ढकालको प्यानलमा बदनाम कमाएका पूर्वअध्यक्ष र पदाधिकारीका उमेद्वारहरु छन ।
चन्द्र ढकालको पुछार समातेर बालबाल जोगी बन्नबाट बचेका महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल उनको ब्राण्ड एम्वेस्डर हुन । महासंघमा चन्द्र ढकाललाई जसरी पनि जिताएरै छाड्छु भनेर हात धाेएर लागेका छन उनी । यसरी चन्द्र ढकालको पछि लाग्नमा उनको ब्यक्तिगत स्वार्थ छ । उनको मूख्य स्वार्थ राष्ट्रिय बाणिज्य बैंकमा रहेको एक अर्व ५० करोडको ऋण मिनाह गरि कर्जा सूचना केन्द्रमा कालो सूचीमा रहेको नाम हटाउनु हो ।
यसअघि महासंघकी अध्यक्ष भवानी राणालाई आफूले जिताएको भनेर जस लिएर उक्त काम गराउन लगाएका थिए तर राणाले उनले भनेको नमानेपछि उनी रुष्ट भएका थिए । पछिल्लो समय शेखर गोल्छालाई पनि आफूले जिताएको भन्दै हल्ला फैलाएर हिडेका थिए । गोल्छाले पनि उनको गैरकानुनी कामको समर्थन नगरेपछि महासंघको विधान परिवर्तन गर्ने भनेर प्रस्ताव ल्याए । बरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बन्नबाट रोक्नका लागि ल्याएको उक्त प्रस्तावको चर्को विरोध भएको थियो । त्यही प्रस्तावका कारण चण्डिराज ढकालसँग गोल्छा रिसाएका थिए । महसंघलाई प्रयोग गरेर कालोसूचीबाट हट्न हर कोसिस गर्दापनि असफल भएपछि चण्डिराज अहिले चन्द्र ढकालको पुछर लागेका छन ।
सायद चन्द्र ढकाल विजयी भएको खण्डमा राष्ट्रिय बाणिज्य बैंकको ऋण मिनाह गरेर नयाँ जिन्दगीको सुरुवात गर्ने तयारीमा छन उनी । कर्जा सूचना केन्द्रको ३ हजार ४ सय ५४ नम्बरमा उनको नाम दर्ता छ । ४ हजार १ सय ९६ उनको कालोसूची प्रमाणपत्र नम्बर हो । यो नम्बर जसरीपनि मेटाउन चाहान्छन उनी ।
कति छ ऋण ?
चण्डिरार ढकालले १६ बर्षअघि राष्ट्रिय वाणिज्य बैंकबाट ‘मोमेन्टो एपेरल्स’ नामको कम्पनीका लागि ३१ करोड ऋण लिएका थियो । शक्तिको दुरुपयोग गरेरै चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको उक्त ऋण अहिलेसम्म पनि तिरेका छैनन् ।
शक्तिको दुरुपयोग उनले अहिलेपनि गरिरहेको छन । सर्वसाधारणले ऋण नतिर्दा लिलामीमा लैजाने बैंकले चण्डिराज ढकाललाई भने अहिलेसम्म छुट दिदै आएको छ । ‘यस्तै प्रकारको ऋण अरु कोही व्यवसायीले लिएर नतिरेको भए बैंकले धितोमा राखेको चल अचल सम्पती लिलाम गरेर उहिल्यौ ऋण असुली गरिसकेको हुने थियो’, एक व्यवसायीले भने, ‘तर शक्तिको आडमा कसको के लाग्ने रहेछ र ।’
उनी अहिले जम्मा १० करोड मात्र पैसा तिरेर ऋण मुक्त हुन चाहान्छन । उनले उक्त ऋण मिनाह गर्नका लागि हदैसम्मको प्रयास गरेका थिए । उद्योग बाणिज्य महासंघ केही समयअघि उनको ऋण मिनाह गर्न भनेर सति नै गएको थियो । त्यस्तै अर्थमन्त्रालयले समेत ऋण मिनाह गर्न बैंकलाई चर्को दवाव दिएको थियो । अर्थमन्त्रालय र महासंघले ऋण मिनाह गर्न दवाव दिएकै समयमा बैंक आफै समस्यामा भएकाले कसैको दवावको केही चलेन । र उनको ऋण अहिलेसम्म कायमै छ ।
उनले ऋणको किस्ता र ब्याज नतिरेपछि राष्ट्रिय बाणिज्य बैंकले कालोसूचीमा राखेको हो । अहिले सावा, ब्याज र जरिवाना गरेर उनको ऋणको सीमा डेढ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ ।
अबैध उमेद्वार ?
चन्द्र ढकालको प्यानबाट वस्तुगत तर्फको उपाध्यक्षमा औषधि व्यवसायी उमेश लाल श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन । महासंघमा श्रेष्ठको उमेद्वारी अबैधानिक हुने औषधी उत्पादक संघले जनाएको छ । संघले श्रेष्ठलाई प्रस्ताव नगर्ने निर्णय गरेपछि उनको उमद्वारी अबैधानिक हुने भएको हो ।
महासंघमा अहिलेपनि वस्तुगतबाट उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालमा पनि वस्तुगतबाटै उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका हुन । वस्तुगतको तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिनको लागि वस्तुगत संघले प्रस्ताव गर्नुपर्छ । यसअघि उनलाई औषधी उत्पादक संघले प्रस्ताव गरेको थियो । तर अब प्रस्ताव नगर्ने संघले जनाएको छ ।
अर्को कुरा श्रेष्ठले हरुवाको उपमा पाएका छन । यसअघि राष्ट्रिय खेलकुद संघमा दुई चाेटी पराजित भएपछि उनलाई हरुवा टोली भनेर भन्ने गरिएको एक व्यवसायीले बताए । त्यति मात्र होइन उनको गुटबाट एशोसिट उपाध्यक्षमा उमेद्वारी दिएका गुणनिधि तिवारीको कुनै पनि व्यवसाय छैन् । ‘राजनीति गरेर पेट पालेका तिवारी उपाध्यक्षमा विजयी भएभने पनि के गर्लान, के व्यवसायीहरुको हक हितमा काम गर्लान ?’ उद्योग बाणिज्य संघका उपत्यका बाहिरका एक जिल्ला अध्यक्षले भने ।
ढकाल यस्ता अनुहारको पछि लागेर कसरी निर्वाचनमा सफल होलान ? सफल भएपनि उनको कार्यकालमा यस्तो खालको टीम लिएर उद्योगी, व्यवसायीको पक्षमा के काम गर्लान ? महासंघमा बहसको विषय बनेको छ । ‘उनी यदी उपाध्यक्षमा विजयी भए भने महासंघको लागि के काम गर्छन त्यो भने थाहा छैन’ एक चर्चित उद्योगीले भने, ‘तर चण्डिराज ढकालको बैंकको कालोसूची हट्ने भने पक्का छ । चन्द्र ढकाल महासंघमा त्यसैका लागि राजनीति गरिरहेको छन ।’
‘आफ्नै सहकर्मी साथिलाई समेत मिलाउन नसक्ने उपाध्यक्षका उमेद्वार श्रेष्ठले पनि महासंघमा विजयी भएभने पनि के गर्लान् ।’ औषधि व्यवसायीले भने, ‘चन्द्र ढकाललाई झन असफल बनाउन भुमिका खेल्ने छन ।’
यो पनि पढ्नुहोस्