क्रेडिट रेटिङ्गको नगद लाभांश घोषणा, कति दिन्छ बोनस ?

काठमाडौं – केयर रेटिङस नेपाल लिमिटेडले कम्पनीले लगानी घोषणा गरेको छ । सूचीकृत कम्पनीहरुको सार्वजनिक निष्काशन पूर्व कम्पनीको समग्र वित्तीय अवस्थाको चिरफार गर्ने कम्पनी केयर रेटिङस नेपाल लिमिटेडले कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

भदौ ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्दै अनुमोदनका लागि कार्तिक ३ गते सोमबार चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीले केयर रेटिङस नेपाल लिमिटेड, दोश्रो तल्ला, स्टार मल, काठमाडौँमा बेलुका ३ बजे सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा उपर छलफल गरी पारित गर्नेछ ।