मेरो सेयर बन्द, यस्तो छ कारण

काठमाडौं – केही समयका लागि मेरो सेयर सफ्टवयर बन्द भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले केही समयका लागि मेरो शेयर सेवा अवरुद्ध हुने जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गले आज साँझ तीन घण्टा मेरो शेयर सेवा अवरुद्ध हुने जनाएको हो । अहिले बेलुका ६ बजे देखि राती ९ बजे सम्म मेरो शेयर सेवा अवरुद्ध हुनेछ ।

यसबाट पर्न जाने असुविधाप्रति सिडिएससीले क्षमायाचना समेत गरेको छ ।