समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कहिले होला कारोबार ?

काठमाडौं – समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। लघुवित्तको २ लाख किता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको शेयरलाई (एसएएमएजे) कारोबार संकेत दिएको छ । तर लघुवित्तको कारोबार भने रोक्का रहेको छ।
शेयर सूचीकरण हुनुभन्दा पहिले स्वास्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएका कारण कारोबार रोक्का भएको हो। दुई लघुवित्तबीच असोज ५ गते मर्जरमा जाने सम्झौता भएको थियो।