आज पनि ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १२०० रुपैँयाले घटेको छ ।

छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन एक हजार २०० रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी बिहीबार चाँदीको भाउमा पनि गिरावट आएको छ। यस दिन चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार भने चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको थियो।