तेस्रो घण्टामा २.१६ अंकले बढ्यो बजार

 

काठमाडौं – बुधवार तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव १६ अंकले बढेर १ हजार ५४८ दशमलव ३१ विन्दुमा पुगेको छ ।

१ हजार ५४३ दशमलव ३७ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको पहिलो घण्टामा घटेर १ हजार ५३५ दशमलव ४४ विन्दुसम्म पुगेको थियो सो पछि उकालो लागेको बजार कारोबारको तेस्रो घण्टाको अवधिमा शून्य दशमलव १४ प्रतिशत बढेको छ ।

तेस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको रू. १ अर्ब १७ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ समूहको पसिूचकमध्ये बैंकिङ, व्यापार र होटल्स समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, अन्य, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार ३३५ मा कारोबार भइरहेको छ ।