फेरी घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा १२०० रुपैँयाले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैँया र तेजावी सुन प्रतितोला ९५ हजार रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै बुधबार चांदीको भाउ १ हजार १ सय ९० रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चादि तोलामा १ हजार २ सय ३० रुपैयामा कारोबार भएको थियो ।