आफ्नै कर्मचारीलाई त यसरी ठग्छ नेशनल लाईफ, जनतालाई के गर्ला ?

काठमाडौं – जीवन बीमा प्रदायक कम्पनी नेशनल लाईफ इन्सुरेन्सले आफ्नै कर्मचारीलाई ठग्नु ठगेको पाइएको छ । राजीनामा दिएर कैकालै गएका एक कर्मचारीको आजसम्म पनि राजीनामा स्वीकृत नगरेर कम्पनीले ठगी गरेको हो ।
कम्पनीको डेभलपमेन्ट अफिसर पदमा कार्यरत मोहन पुरीलाई जागीर छोडेको साढे दुई वर्षदेखि राजीनाम स्वीकृत गरी क्लीयरेन्स पत्र नदिएर ठगेको हो । उनले २०७५ साल फागुनमा राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।
उनको राजीनामाको विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । पुरी यसअघि आफूलाई नेशनल लाईफ इन्सुरेन्स कम्पनीले कानुन अनुसार पाउनु पर्ने सेवा सुविधासहित क्लीयरेन्स नदिएको भन्दै श्रम अदालत गएका थिए ।
नेशनल लाईफ इन्सुरेन्स कम्पनीले पुरीमाथि अन्यायपूर्वक व्यवहार गर्दै श्रम ऐनको गम्भीर उल्लङ्घन गरेपछि उनी अदातल गएका हुन । श्रम अदालतले पुरीको पक्षमा फैसला गर्दै श्रम ऐन अनुसार पाउनु पर्ने सेवा सुविधा दिन विपक्षी नेशनल लाइफ इन्सुरेन्स कम्पनीको नाम फैसला गरेको थियो ।
त्यस्तै श्रम विभागले पनि पुरीकै पक्षमा फैसला गरेको थियो । पुरीले पाउनु पर्ने बीमा सुविधा, बिदा बापतको सुविधा, कोषमा जम्मा भएको रकम निकाल्ने सुविधा तथा क्लीयरेन्स पत्र दिनुपर्नेमा कम्पनीले अहिलेसम्म नदिएको पुरीको गुनासो छ । उनले नेशनल लाईफ इन्सुरेन्स कम्पनीमा १० बर्ष काम गरेका थिए ।
श्रम विभाग र श्रम अदालतले पुरीको पक्षमा गरेको फैसला पुनरावेदनका लागि कम्पनी सर्वोच्च अदालत गएको छ । कानुन अनुसार दिन पर्ने सुविधा दिन नपर्ने दावि सहित कम्पनी अदालत गएको हो । कम्पनीमा काम गर्न मन नलागे कर्मचारीले राजीनामा दिएर जानसक्ने कानुनी प्रावधान भएपनि नेशनल लाईफले विभिन्न बहाना बनाई अफ्ठ्यारोमा पारेर जनताले तिरको पैसा अनाबश्यक रुपमा खर्च गरिरुहेको छ ।
‘कर्मचारीलाई काम गर्न मन नलागे जाजीनामा दिएर जानसक्ने कानुनी व्यवस्था छ’, बरिष्ठ अधिबक्ता बोर्णबहादुर कार्कीले भने, ‘यदी कम्पनीले १५ दिनभित्र स्वीकृत नगरे स्वत स्वीकृत भएको मानिन्छ । राजीनामा स्वीकृत भएपछि कम्पनीले कानुन अनुसारको पाउन पर्ने सेवा सुविधा दिन पर्छ ।’
किन व्यक्तिको पछि लाग्यो कम्पनी ?
नेशनल लाईफ इन्सुरेन्स कम्पनी नेपालको निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी हो । यसको काठमाडौंमा आफ्नै कार्यलय छ । कम्पनीको नाममा रहेको घरमा केन्द्रीय कार्यलय राखेर सानका साथ घरसहित कम्पनीले विज्ञापन गरिरहेको छ ।
नेपालमा आफ्नै घर भएको एकमात्र निजी क्षेत्रको जीवन बीमा कम्पनी भएर पनि किन कम्पनीका एक पुर्व कर्मचारीको पछि लागेर मुद्धा मामिलामा लाखौं खर्च गरिरहेको छ ? यसभित्र गम्भीर रहस्य लुकेको छ । जनताले भविश्यका लागि भनेर बीमा गरेको पैसाबाट कम्पनीकै लागि विगतमा योगदान गरेका कर्मचारीको पछि लागेर बीमितको अपनाम गरेको पीडित पुरीको भनाई छ ।
‘एक पूर्व कर्मचारीको पछि लागेर कम्पनीलाई के फाइदा’ मोटिभेट न्यूजसँग कुरा गर्दै पुरीले भने, ‘यसको सट्टामा व्यापारीक योजना ल्याएर राम्रो व्यापार गर्न थालेको भए कम्पनीलाई फाइदै हुन्थ्यो होला ।’
पुरीलाई कम्पनीले दिएको गाडीमा उच्च तहका कर्मचारीहरुले आँखा लगाएको पुरीको भनाई छ । ‘म कम्पनीका हुँदा कम्पनीले किस्ताबन्दीमा गाडी सुविधा दिएको थियो, पुरै किस्ता मैले तिरिसकेको छु’, पुरीले भने, ‘तर अहिलेसम्म उक्त गाडी मेरो नाममा पास गरेको छैन । सायद त्यही गाडीमा कसैको आँखा लागेको हुनसक्छ ।’
उनले कमिसन बापत पनि थुपै्र रकम पाउन बाँकी छ । उनलाई कानुन अनुसार पाउन पर्ने सेवा सुविधा त दिएको छैन छैन कम्पनीका कर्मचारीले भेट्न समेत दिएका छैनन् । मोटिभेटसंग कुरा गर्दै उनले भने, ‘कम्पनीलाई अगाडी बढाउन नेतृत्वको ठूलो हात हुँदो रहेछ । तर नेशनल लाईफको नेतृत्वले कम्पनीको पक्षमा काम गर्न चासो देखाएको छैन । पैसाको पनि सत्यानास, समयको पनि बर्बाद गरेर कम्पनीले आफ्नो ब्राण्डको बदनाम मात्र गरिरहेको छ ।’
‘रगत पसिना बगाएर मैले कम्पनीका १० बर्ष काम गरेको छु’, उनले भने, ‘किन कम्पनी मेरो पछि लागेको होला अच्चम लागिरहेको छ ।’
यसरी आफ्नै पूर्वकर्मचारीलाई भुक्याएर ठगी गर्ने कम्पनीलाई जनताले कसरी विस्वास गर्ने ? ठूलो प्रश्न चिन्ह खडा भएको छ । केही लाख रुपैयाँ दिन परेपछि कर्मचारीलाई ठग्ने कम्पनीले जनताले खाइ नखाई तिरेको बीमाङ्क रकम र बोनस सहितको रकम फिर्ता देला भनेर कसरी पत्याउने ? कर्मचारीलाई ठग्ने कम्पनीले जनता नठग्ला भनेर कसरी विश्वास गरेर बीमा गर्ने ? यी प्रश्नहरु उब्जिएका छन् ।
यस विषयमा कम्पनीमा बुझ्दा विषय अदालतमा पुगेकाले बोल्न आवश्यक नभएको जनाएको छ ।